|

ओखलढुंगा : प्रदेश नं. १ का १४ जिल्ला मध्य १२ जिल्लामा कोरोना संक्रमित फेला परेका छन्। प्रदेश १ को पूर्वको इलाम र पश्स्चिमको ओखलढुंगाबाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमित फेला परेका हुन्।

उदयपुर, झापा, सुनसरी, धनकुटा, मोरङ, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा संक्रमित पुष्टि भएको प्रदेश सरकारले जनाएको छ। बुधबार ताप्लेजुङ, तेह्रथुम र पाँचथरका व्यक्तिमा संक्रमण देखिएको थियो। 

प्रदेशमा भेटिएका अधिकांश संक्रमितहरु भारतबाट आएका छन्। बुधबार ताप्लेजुङका ३, पाँचथरका एक, सुनसरीका ८, मोरङ र झापाका २–२ तथा धनकुटा र तेह्रथुमका एक–एक जनामा कोरोना देखिएको थियो। 

बिहीबार १६ जना कोरोना संक्रमित थपिएपछि प्रदेश १ मा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ। विहीबार प्रदेशको झापा भद्रपुर नगरपालिकामा ३, कचनकवल गाउँपालिकामा २, खोटाङको हलेसी नगरपालिकामा ३, सुनसरीको भोक्राहा गाउँपालिकामा २, गढी गाउँपालिकामा २, बराह क्षेत्र नगरपालिकामा ३ र मोरङको सुन्दरहरैचा नगरपालिकामा १ गरी १६ जनामा कोरोना पुष्टि भएको हो।

यसैबीच कोशी अस्पताल विराटनगर कोभिड १९ उपचार केन्द्रबाट बिहीबार २७ जना र विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी ३० जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। 

योसँगै प्रदेशमा कोरोना मुक्त भएर घर फर्कनेको संख्या  ७८ पुगेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए।

बिहीबार विराटनगरबाट उदयुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, धनकुटाका ४, खोटाङका १ र सप्तरीका २ जना डिस्चार्ज भएका हुन्। 

डिस्चार्ज हुनेमा कोरोना जित्नेमा ४ जना महिला र २३ जना पुरुष छन्। बिपीबाट पनि झापाका ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म प्रदेश १ का १४ मध्ये १२ जिल्लामा संक्रमित फेला परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.