मनोरञ्जन

केशवको 'एक चिलिम'मा बले र सायसा (भिडियो)

जेठ २३, २०७७

    काठमाडौं :  गायक केशव भाबुकले नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन्।

    विगत २ महिना देखि  पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक भाबुकले  यस गीत मार्फत छोटो जिन्दगीमा  चिन्ता, पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्। 

    गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ।  उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन्।  बिनय केटुले गीतको संगीत संयोजन गरेका हुन्।

    म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन्।  डान्सिङ बिटको भिडियोलाई सुमन तामाङले कोरियोग्राफी गरेका हुन्। राम कुमार केसीले भिडियो छायांकन गरेका हुन्।  गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण  भएको भिडियोलाई बिज्ञान राईको सम्पादन, निर्देशनमा  तयार पारिएको हो।

    खोटाङमा जन्मेर राजधानी काठमान्डौमा संगीतमा संघर्ष गर्दै आफुलाई स्थापित गर्ने कोसिसमा रहेका गायक भाबुकका  'दुख्छ मुट, छाडेपनि यो हावा बहन, कस्को भरमालगायतका दर्जन बढी म्युजिक भिडियो  र  सयौं गीतहरु सार्वजनिक भइसकेका छन।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]