|

काठमाडौं : नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ। जेठ ८ गते भारतबाट आएका सुर्खेत पञ्चपुरीका २८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण यही जेठ २२ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १४ दिन स्थानीय क्वारेन्टाइनमा बसेका उनको मृत्युपछि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए।

उनले ती युवकमा आरडिटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बताए। उनमा क्वारेन्टाइनमा बस्दा कुनै लक्षण नदेखिएको पनि जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.