|

सुर्खेत : कर्णाली प्रदेश अस्पतालबाट पहिलो पटक ७ जनाले कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ उपचार केन्द्रमा रहेका ६ पुरुष र एक महिला संक्रमितलाई घर पठाइएको छ। 

प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलका अनुसार दैलेखका एक, सुर्खेत ५ जना र एक जना परिचय नखुलेकी महिला गरी ७ जना डिस्चार्ज भएका हुन्। 

उनका अनुसार तीमध्ये एक जना दैलेख महाबु गाउँपालिका र अरु सबै सुर्खेतका हुन्। 

जसमा वीरेन्द्रनगर नगरपालिका १ का १६ वर्षीय, वडा ३ तातापानीका २६ वर्षीय, वडा ८ का १७ वर्षीय, वडा ९ लाटीकोइलीका ११ वर्षीय, वडा ४ का ३७ वर्षीय र दैलेख महाबु गाउँपालिका १ का २६ वर्षीय छन्। एक जना बोल्न नसक्ने महिला पनि उनीहरुसँगै डिस्चार्ज भएकी छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.