|

लमजुङ : लमजुङको क्व्होलासोंथार गाउँपालिकाले अनुमतिबिना गाउँपालिका प्रवेश गर्ने व्यक्तिलाई उसकै खर्चमा क्‍वारेन्टाइनमा राख्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकमा लकडाउनलाई पूर्णपालना गर्दै अत्यावश्यकबाहेक अवस्थामा आवतजावतमा कडाइ गर्दै आएको छ। 

अनुमति लिएर गाउँपालिका प्रवेश गरेका तथा यसअघि विदेशबाट र जिल्ला बाहिरबाट आएकालाई भने पालिकाले आफ्नै खर्चमा क्‍वारेन्टाइनमा राख्दै आएको छ। प्रि मनसुन र खेती गर्ने समय सुरु भइसकेकाले लकडाउनका कारण घर आउन नपाएकालाई ध्यानमा राखी घर फर्कनेलाई पहल गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुले बताए। 

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षतामा बसेको बैठकमा कोभिड १९ संक्रमण रोक्न गरिएका प्रयास र भावी रणनीतिबारे समीक्षा गरिएको थियो। त्यस्तै चालु आर्थिक वर्षमा विनियोजित र चालु प्रकृतिका योजनाको बजेटबारे पनि छलफल भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.