|

काभ्रे : काभ्रे जिल्लाका कोरोना संक्रमित ५ जनालाई काठमाडौं मेडिकल कलेज दुवाकोटको कोभिड अस्पतालमा पठाइएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार रोशी गाउँपालिकाका वर्ष २० की १ जना महिला, त्यही गाउँपालिकाका क्रमशः वर्ष २२ र वर्ष २९ का २ जना पुरुषलाई दुवाकोट पठाइएको हो।

त्यस्तै पाँचखाल नगरपालिकाका ३९ वर्षीय १ जना पुरुष र पनौती नगरपालिकाका ३९ वर्षीया ३९ महिलासहित ५ जनालाई दुवाकोट कोभिड अस्पतालमा पठाइएको हो।

त्यस्तै एक जना कोरोना शंकास्पद महिलालाई बनेपास्थित शिर मेमोरियल अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ। पाँचखाल नगरपालिकाले यसअघि कोरोना संक्रमित व्यक्तिलाई कोरोना रिपोर्ट नेगेटिभ देखिएको भनेर घर पठाएको थियो ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.