|

काठमाडौं : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयकाअनुसार स्याङ्जामा दश जना बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा तीन जनामा कोरोनाको संक्रमण देखिएको हो। 

निर्देशनलायका अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा आठ जना पुरुष १६ वर्षदेखि ५४ वर्षका पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई पुरुष छन्। 

त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिका ३९ वर्षीय पुरुष। कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष। पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनय त्रिवेणी गाउँपालिकाका १८,१९ र २७ वर्षीय पुरुष रहेका छन्।  योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.