|

जुम्ला : जुम्ला सदरमुकाममा रहेको बालमन्दिरको क्वारेन्टाइनमा मृत्यु भएको पुरुषको पिसिआर रिपोर्ट निगेटिभ आएको छ।  क्वारेन्टाइन्मा बसेका ६५ वर्षीय  परुषको बिहीबार राति मृत्यु भएको थियो।

उनको मृत्युपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको चिकित्सकको टोली घटना स्थानमा गएर मृतकसँगै चारजनाको स्वाबको नमुना संकलन गरेको थियो। स्वाबको पिसिआर विधिमार्फत परीक्षण गर्दा  मृतकसहित चारजनाको रिपोर्ट निगेटिभ आएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए।

ती पुरुष बुधबार बर्दियाबाट जुम्ला आएका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। उनी दम र मुटुका रोगी भएको वडाध्यक्ष नरजित दमाईले बताए । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.