|

कञ्चनपुर : भीमदत्त नगरपालिका–४ सब्जिमण्डीका ४० वर्षीय जीवन भट्ट लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।

दार्चुला महाकाली नगरपालिका–४ स्थायी घरभै भीमदत्तनगर बस्दै आएका भट्टलाई प्रहरीले लागु औषध खरिद बिक्री एवं ओसारपसारको अवस्थामा शुक्रबार पक्राउ गरेको हो। भट्टबाट १५ ग्राम ३५ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए।

भट्टलाई भीमदत्त नगरपालिका १८ सालघारी क्षेत्र बाट पक्राउ गरिएको हो। पक्राउ परेका भट्टमाथि आवश्यक अनुसन्धानको कार्य भैरहेको प्रहरीले बताएको छ। यसैगरी, प्रहरीले ४२ थान चोरीका साइकलसहित चारजना र विद्युतीय मोटर विद्यालयमा चोरी गर्ने, खोका पसल तोडेर चोरी गर्ने र ब्रोइलर कुखुरा चोरी गर्ने १६ जनालाई विभिन्न मितिमा पक्राउ गरेको छ।

चोरी कार्यमा संलग्नभएका पक्राउ परेका २० जनालाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.