भारतबाट फर्किने बढिरहँदा व्यवस्थापनमा चुनौती

|

बैतडी : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका साढे ६९ हजार नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेशका नौ जिल्लामा निर्माण गरिएका एक हजार ६३९ वटा क्वारेन्टाइनमा ७१ हजार २७५ जना अटाउने क्षमता रहेको छ। त्यसमा अहिले ५९ हजार ५५४ जना नागरिकलाई राखिएको छ।

क्वारेन्टाइनमा राखिएकामध्ये ५० हजार ९१८ जना पुरुष र आठ हजार ५३६ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। तीमध्ये सबैभन्दा बढी कैलालीको क्वारेन्टाइनमा १७ हजार ३ २७  जना छन्।

यस्तै, डोटीमा आठ हजार ७३५, कञ्चनपुरमा आठ हजार २०४, अछाममा ६ हजार १८६, बैतडीमा पाँच हजार ६४५, डडेल्धुरामा चार हजार ५०८, बझाङमा दुई हजार ९१०, बाजुरामा चार हजार ५३७, दार्चुलामा एक हजार ४८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइन व्यवस्थापनमा चुनौती

भारतबाट दिनहुँ सयौंको संख्यामा नागरिक फर्किन थालेपछि उनलाई क्वारेन्टाइनमा राख्न समस्या हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशी बताउँछन्। यस्तै, स्थानीय तहमा बनाइएका क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमणको चुनौती बढेको छ।

धेरैजसो क्वारेन्टाइन विद्यालयमा बनाइएका छन्। सबै विद्यालयमा खानेपानी र शौचालयको उचित व्यवस्था छैन। यसका साथै खान बस्नका लागि समेत समस्या भएको मेलौली नगरपालिका–७ का किशोर कार्कीको गुनासो छ। 

एकै विद्यालयमा ८८ जनासम्म राखिएका छन्। क्वारेन्टाइनमा बस्ने नागरिकको संख्या बढ्दै गएपछि क्वारेन्टाइनहरु अस्तव्यस्त हुन थालेका बैतडीको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.