|

कपिलवस्तु : कोरोना सङ्क्रमणमा देशकै पहिलो नम्बरमा कपिलवस्तु जिल्ला रहेको छ। जिल्लाका १० स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ। सङ्ख्याको हिसाबले कपिलवस्तुमा धेरै देखिए पनि जोखिम भने कम रहेको छ। शनिबार बिहानसम्म जिल्लामा ४८४ सङ्क्रमित रहेका छन्।

जसमध्ये ४६६ क्वारेनटाइनमा बसेका हुन्। ती सबै भारतबाट आएका हुन्। सङ्क्रमणको दर हेर्ने हो भने ९६ प्रतिशत क्वारेनटाइन भित्र देखिएको छ। 

कपिलवस्तुमा समुदायमा सङ्क्रमण फैलिएको छैन। केही घटना समुदायमा आए पनि विस्तार भएको छैन। क्वारेनटाइनदेखि बाहिर १८ जनामा सङ्क्रमण देखिएको छ। जसमध्ये १६ जना कोरोनाको अभियान खटिएका मध्येका हुन्। कोरोना जोखिम कम गर्न खटिएका ५ सुरक्षाकर्मी, २ स्वास्थ्यकर्मी र २ कर्मचारीमा कोरोना सङ्क्रमण भएको थियो।

यसैगरी समाचार सङ्कलनका क्रममा खटिएका ४ पत्रकारमा समेत कोरोना सङ्क्रमण भएको थियो। कपिलवस्तुको समुदायमा ४ जनामा मात्र कोरोना देखिएको थियो। बाणगंगा नगरपालिकाका २ वालिका र कपिलवस्तुका एक पत्रकारको सम्पर्कमा आएका २ जनामा कोरोना सङ्क्रमण भएको हो। 

मुम्बईबाट आएकामा बढी सङ्क्रमण

कपिलवस्तुमा संक्रमति हुने धेरैजसो मुम्बईबाट आएका कामदार हुन। भारतमा लकडाउन खुकुलो भए पछि उनीहरू नेपाल आएका थिए। जिल्लाका ३३४ मुम्वईयालाई सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये ६९ प्रतिशत मुम्बईबाट आएका हुन्। 

मिडियामा आए जस्तो खतरा छैन

जिल्लाका क्वारेन्टाईन मात्र बसेकालाई कोरोना सङ्क्रमण भएको कारणले गर्दा मिडियामा आए जस्तो खतरा नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापा बताउँछन्। ‘समुदायमा केही केस फेला परे पनि सङ्क्रमण फैलिएको छैन। क्वारेन्टाईनमा बसेका सवैमा परीक्षण भएपछि बृद्धीदर अति न्यून हुन्छ’ उनले भने। केस ईनभेस्टिेगसन र कनट्याक्ट ट्रेसिंगमा जोड दिनुपर्ने उनले बताए।  

परिवारका सदस्यमा छैन सङ्क्रमण

कपिलवस्तुका नजिक सम्पर्कमा नतिजा हेर्दा परिवारमा सदस्यमा सङ्क्रमण सरेको छैन। यहाँका ३ पत्रकार, १ स्वास्थ्य कर्मी , वडा अध्यक्षका परिवारमा नै सङ्क्रमण देखिएको छैन। पती पत्नी र बालबालिकामा समेत सङ्क्रमण भेटिएको छैन। कृष्णनगरमा खटिएका सुरक्षाकर्मीका नजिकको सम्पर्कमा रहेका कसैमा पनि कोरोना देखिएको छैन। कपिलवस्तुमा १ पत्रकारका नजिकका २ छिमेकी र बाणगंगाका एक बालिकाले आफ्नो साथीमा मात्र सङ्क्रमण सरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.