काठ लिलामका नाममा घुस लिँदै थिए

|

पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका-७ का वडाध्यक्ष देवेन्द्र पुन ३ लाख घुससहित पक्राउ परेका छन्। रूपन्देहीको सैनामैना नगरपालिका १० झिमिझिमयाबाट उनी घुस लिइरहेको अवस्थामा उनी रंगेहात पक्राउ परेका हुन्।  

शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिनेक्रममा आख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। 

फर्निचरको काम गर्ने एक व्यवसायीसँग काठ लिलामको काममा सहजीकरण गरिदिने भनी घुस लिँदै गरेको अवस्थामा अख्तियार कार्यालय बुटवलको टोलीले पुनलाई पक्राउ गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भूसालले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.