|

दाङ :  लकडाउनका कारण समस्यामा परेका दाङ लगायत अन्य जिल्लाका  कैदीबन्दीका परिवारलाई राहत दिइएको छ। दाङको तुलसीपुरमा ३२, लमहीमा  १ र घोराहीमा २,  रोल्पामा २, रुकुममा २,  सल्यानमा ३  गरी जम्मा ४२ घरपरिवारलाई राहत दिइने पीडित सेवा संघका जिल्ला संयोजक टोपबहादुर महतराले बताए। लकडाउनका कारण उनीहरुलाई दैनिकी चलाउन समस्या हुने भएकाले सहयोग गरेको उनको भनाई छ।

संघले अहिले ती कैदिबन्दीका छोराछोरीहरुलाई पढाउँदै आएको र उनीहरुको संख्याको आधारमा राहत दिने गरेको संयोजक महतराले बताए। ‘बन्दाबन्दीका कारण मुलुक नै समस्यामा परेको छ,’ उनले भने ,‘ त्यसमा पनि कैदिबन्दीका परिवारहरु झन् समस्यामा छन्, घरमा कमाउने मान्छे विभिन्न कारणले कारागारमा छन्, उनीहरुको परिवारलाई दैनिकी चलाउन समस्या छ, त्यसैले संघले राहत दिएको हो।’

घरमा एक जना विद्यार्थी छ भने ३ हजार, २ भए, ५५ सयका दरले संघले अहिले ५७ जना बालबालिकाहरुलाई पढाउने जिम्मा लिएको छ। कक्षा १० सम्म संघले पढाउने जिम्मा लिएको समेत संयोजक महतराले बताए।  त्यसैगरी, संघले कैदी जीवन बिताइरहेका तुलसीपुर १९ छिल्लीकोटका धनबहादुर पुनका परिवारलाई  बाख्रा वितरण गरेको छ।

पुन: परिवारलाई जीविकोपार्जनमा सहज बनाउने उद्देश्यका साथ ३ वटा बाख्रा वितरण गरेको महतराले बताए।  संयोजक महतारा र स्वंयसेवक गिता महताराले शुक्रबार घरमै पुगेर बाख्रा र ५० किलो चामल वितरण गरेका हुन्।

बाख्रापालनमार्फत उनीहरुलाई परिवारलाई स्वरोजगार बनाउने विश्वास गरिएको उनले बताए।   श्रीमानले लामो समय कैदी जीवन बिताउँदा दैनिकी चलाउन समस्या परिरहेको समयमा पिडित सेवा संघ दाङले खाद्यान्नका साथै बाख्रा वितरण गर्दा आफु खुशी भएको श्रीमती मिना पुनले बताईन्।

बाख्रापालन मार्फत छोरीको पढाइ खर्चमा समेत सहयोग पुग्ने उनको भनाई छ। पिडित सेवा संघ दाङले यसअघि पनि कैन्दीबन्दी पुनकी छोरीलाई मासिकरुपमा पढाई खर्च समेत बेहोर्दै आएको छ। पुन परिवारलाई संघले यसअघि घरमा सोलर पनि सहयोग गरिसकेको महतराले बताए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.