|

बाँके : पति–पत्नीले एकसाथ कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। खजुरा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र बाँकेका पुराना पत्रकारले कोरोना जितेपछि शनिबार घर फर्किएका हुन्। स्वास्थ्यकर्मी र पत्रकार पति–पत्नी हुन्।

उनीहरुसँगै नरैनापुरमा कार्यरत प्रहरी पनि कोरोना जितेर डिस्चार्ज भएका छन्। पति–पत्नीले र स्वास्थ्यकर्मी डिस्चार्ज भएका छन्। खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका नरैनापुरका थप एक जना पनि शनिबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

योसँगै बाँकेमा कोरोना जित्नेको संख्या ४६ पुगेको छ। भने बाँकेमा कोरोनाका कारण क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु भएको छ। मृतक नरैनापुरका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.