|

डडेल्धुरा : सुदूरपश्चिममा १३ जना नयाँ कोरोना संक्रमति थपिएका छन्। शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको हो। जसमा ९ पुरुष र चार जना महिला छन्।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या बढेर एक सय ५ पुगेको छ। पछिल्लो पटक बझाङका ६, कैलाली र काठमाडौंका दुई–दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक–एक जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

बझाङको खप्तडछान्ना गाउँपालिका–३ की ४० वर्षीया महिला, २५, ३८, ४०, ५७ र ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

कैलालीको गोदावरी नगरपालिका ४१ वर्षीय पुरुष, धनगढी उप–महानगरपालिका ४ की ५५ वर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका–३ का ३८ वर्षीय पुरुष, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंका १८ र ३८ वषीय पुरुष तथा अछामको मंगलशैसन नगरपालिका १ की ५२ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षीया सुत्केरीमा पनि कोरोना देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यसअघि शुक्रबार डडेल्धुराका पाँच र कैलालीका एक जनामा कोरोना पुष्टि भएको थियो। डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। कैलालीको जानकी गाउँपालिका ७ का १७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.