|

कपिलवस्तु : नदीमा अचानक बाढी आएपछि कपिलवस्तुमा २ वटा ट्र्याकटर डुबेका छन्। बुद्धभूमि-१० को रामघाट नदीमा बिहान १० बजे बालुवा लोड गर्न पुगेका ट्रयाक्टर डुबेका हुन्।

बुद्धभूमि-६ महुवाका रोशन अलि मुसलमानको र महाराजगन्ज नगरपालिका-३ उनौलियाका राज बहादुर चौधरीको ट्र्याकटर डुबेका हुन्।

खोलाका ठेकेदारले बाढी आउने सम्भावना छ नजान भन्दा भन्दै जबरजस्ती गएको स्थानीयले बताए । सुरुमा पानी कम थियो तर लोड गर्दागर्दै अचानक बाढी आएको थियो। 
खोलाबाट निकाल्न खोज्दा ट्र्याकटर फसेपछि कामदार भागेका स्थानीय देवराज पाण्डेले बताए। साँझ ६ बजे एक्स्काभेटर प्रयोग गरी ट्र्याकटर निकालिएको ठेकेदार प्रमोद यादवका प्रतिनिधिले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.