|

जनकपुरधाम : सिम्रोनगढ नगरपालिका–६ अमरपुरबाट सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ र अवैध कपडा बरामद गरेको छ।

लकडाउनका साथै सीमा समेत सिल गरिएको अवस्थामा पनि भारतबाट तस्करी गर्न लागेको कपडा र रुपैयाँ शनिबार बरामद गरेको हो। गस्तीमा रहेको प्रहरीले १५ लाख रुपैयाँसहित दुई बोरा कपडा बरामद गरेको सशस्त्रका एसपी दिग्विजय सुवेदीले जानकारी दिए।

उनका अनुसार प्रहरीको टोली  देखेर तस्कर समान छाडेर भागेको थियो। उक्त ठाउँमा बोरामा राखिएको करिब ३३ हजार रैपाँ बराबरको कपडा बरामद गरिएको  हो। रकम पनि बोरामै लुकाइराखिएको एसपी सुवेदीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.