|

संखुवासभा : खाँदबारी नगरपालिका-१० चन्दपुरको बाघखोरमा हरियो रुखमा टांगेको हरियो तार  विद्युत् प्राधिकरणले हटाएको छ। 

विद्युत् प्राधिकरण वितरण शाखा खाँदबारीले सञ्चारमाध्यममा समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै सोमबार बिहान हरियो रुखको तार हटाइएको हो। 

सोमबार बिहान नै प्राधिकरण खाँदबारी वितरण केन्द्रको प्राविधिक टोली गएर हरियो सालको रुखमा राखेको तार हटाएर पोलमा सारेको विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका कार्यालय प्रमुख रामआशीष शाह जानकारी दिए।

खाँदबारी-१० चन्दनपुरको बाघखोर सामुदायिक वन भित्रको हरियो सालको रुखमा विद्युत् प्राधिकरण खादँबारी शाखाले बिजुली बिस्तार गरेको थियो। 

विद्युत् प्राधिकरण शाखा खाँदबारीलाई रुखमा टांगेको तार हटाउन पटक-पटक माग गरेपनि बेवास्ता गरेको भन्दै खाँदबारी-१० वडाध्यक्ष केशवराज सिंह थापाले जानकारी थाहा खवरलाई दिएका थिए।

चन्दनपुरमा एक वर्ष अघिदेखि तार हरियो रुखमा टाँगिएको थियो। हरियो रुखबाट विस्तार गरिएको तारबारेमा प्राधिकरणलाई केही जानकारी नभएको बताएको थियो। 

हरियोरुख बाट बिजुली विस्तार गरेको समाचार सार्वजनिक भएपछि खाँदबारी नगरपालिका-१० टांगेको तार सोमबार १ जना प्राविधिकसहित २ जना भएर नयाँ पोल राखिएको उनले बताए। 

उनले अन्य कुनै स्थानमा त्यस्तो भएको भए कार्यालयमा सिधै कार्यालयमा जानकारी गराउन अनुरोध गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.