|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सरकार आफ्नालाई बचाउन र अरूलाई फसाउन मात्र भ्रष्टाचारका फाइल खोलेको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधिसभामा बैठकमा धारणा राख्दै उनले अब अन्य भ्रष्टाचारको फाइल खोल्ने भए आफू र आफ्नो पार्टीको सांसदहरूबाट सुरु गर्न चुनौती पनि दिए। 

बालकुमारी घटनामा छानबिन समितिको प्रतिवेदनले दोषी देखाएको यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त नगरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाए।  

‘बालकुमारी घटनामा देशमा रोजागारीको अवसर नपाएर परिवार पाल्न विदेश जान लागेका दुई युवाहरूको गोली हानी हत्या गरियो र १० लाख दिएर सरकार चुप बस्यो। छानबिन  समितिको प्रतिवेदनले मन्त्री नै दोषी रहेको पुष्टि भयो। तर, अहिलेसम्म न स्वयं मन्त्रीले नैतिकता देखाएर राजीनामा दिनुभयो, न प्रधानमन्त्रीले कुनै छनक देखाउनुभयो’, उनले भने, ‘यसबारे चुइक्क नबोलेर अन्य विषयमा भाषण दिँदै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ? यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्यो।’

सरकारले आफ्ना र आफू नजिककालाई प्रमाण छताछुल्ल हुँदा पनि बचाउने र परकालाई प्रमाण खोजीखोजी फसाउन खाजेको सांसद लामिछाने आरोप छ। ‘प्रमाण नभेटिएको परका व्यक्तिलाई प्रमाण खोजेर, नक्कली बनाएर भए पनि फसाउन खोज्ने, थुन्न खोज्ने तर प्रमाण छताछुल्ल भएका आफ्नाहरूका बारेमा भने चुप रहने हो भने विधिको सशानबारवे नबोले पनि हुन्छ। यहाँ आफ्ना वरपरकालाई बचाउन अनि अरुलाई फसाउने प्रयासको गन्ध आएको हुनाले सदनको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने। 

सांसद लामिछानेले थपे, ‘फाइल किन खोलिँदो रहेछ भनेर हामीले ललितानिवास प्रकरणमा देख्यौं, सुनकाण्डमा देख्यौं र नक्कली भुटानी शरणार्थी प्रकरणमा देख्यौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.