|

काठमाडौं : सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा समितिको सचिवालयले एसएसपी दीपक अधिकारीलाई डिआइजी बढुवामा सिफारिस गरेको हो।

उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ।

सशस्त्र प्रहरीमा एक जना डिआइजीको दरबन्दी रिक्त थियो। बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.