|

काठमाडौं : बझाङ प्रदेश सभा १ मा  गणना जारी रहँदा एमालेका दमनबहादुर भण्डारीले कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहसँग मतान्तर घटाएका छन्। भण्डारी अहिले सिंहभन्दा ८३ मतले पछि छन्। 

सिंहले नौ हजार १६७ मत ल्याउँदा भण्डारीले नौ हजार ८४ मत प्राप्त गरेका छन्।

अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ५३५ मत ल्याएका छन्। एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३४७ मत ल्याएका छन्।

यहाँ अहिलेसम्म साढे २४ हजारभन्दा बढी मत गनिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.