काठमाडौं : इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।
अहिलेसम्मको मत गणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ३ हजार ३ सय ५७ मतले अगाडि रहेका छन्।
एमालेका नेम्वाङले १० हजार ४१९ मत ल्याएका छन् भने कांग्रेसका खड्काले ७ हजार ६२ मत पाएका छन्। यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ५ हजार ७ सय ६३ र रास्वपाका मिलन लिम्बुले १ हजार ४ सय ६१ मत ल्याएका छन्।
इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेकोमा अहिलेसम्म २५ हजार ४ सय ४१ मत गणना भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।