|
फाइल फोटो

विराटनगर : कोशी प्रदेशका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले मुख्यमन्त्री हिक्मतकुुमार कार्कीलाई विश्वासको मत दिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत माग्ने प्रस्तावमा बोल्दै उनले प्रदेशसभामा कांग्रेसको अनुपस्थितिलाई लिएर प्रश्न उठाए। 

संवैधानिक परीक्षणमा गएको विषयले विश्वासको मत लिने प्रक्रियालाई प्रभाव नपार्ने बताउँदै कांग्रेसले बैठकमा अनुपस्थित हुनु गम्भीर विषय रहेकाे उनले बताए ।

लोकतन्त्र मान्ने दलले संसद बैठकमा अनुपस्थित हुनु सामान्य नरहेकाे उनको भनाइ थियो। कांग्रेसकाे कारण बाेलचाल नै बन्द हुने अवस्थामा रहेकाे कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिएको उनले बताए ।

सरकार गठनकाे अन्तिम विकल्प संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार नियुक्त भएका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले विश्वासकाे मत नलिने र राजीनामा नदिने अडानमा थिए । प्रदेश प्रमुखबाट पदमुक्त भएपछि उनी सर्वाेच्च अदालत पुगेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.