|

पर्वत : कास्कीको पोखरा महानगरपालिका–३३ बरपाण्डेथुममा रहेको एक विद्यालयबाट ल्यापटप सहितका सामग्रीहरू चोरी गरेका चारजना बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत शुक्रबार शान्ति उदय माध्यमिक विद्यालयको कार्यालय कोठा, कक्षाकोठा र कम्प्युटर ल्याब शाखाको ढोका फुटाएर चोरी भएको भएको थियो। विभिन्न कम्पनीका ११ थान ल्यापटप,  सात थान चार्जर, माउस, विभिन्न प्रकारका इलेकट्रोनिक्स डिभाइसहरू चोरी भएको पाइएको थियो।

चोरी गरेकाहरूले विद्यालयका अन्य ल्यापटप, कम्प्युटर, सिसी क्यामेरा, सिसिटिभी मनिटर, लाइट, प्रोजेक्टर, साउन्ड सिस्टम स्पिकर कन्ट्रोलर, स्टेशनरी कागजातमा समेत क्षति पुर्‍याएका  थिए।

विद्यालयमा चोरी भएको बारेमा इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा घटनामा संलग्न व्यक्तिहरूलाई खोजतलास गर्दा शनिवार नै चारजना बालकहरू पक्राउ परे। सोही वडाका ती बालकहरूको साथबाट तीनवटा बिग्रिएका र सातवटा चालु अवस्थामा रहेका ल्यापटप बरामद भएका छन्।

कास्की प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धानको लागि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी सोधपुछ लगायतका अनुसन्धानहरू चलिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.