काठमाडौं : कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड...
काँकडभिट्टा: झापाको खजुरगाछी–५ को आठमौजा चिया बगानमा जङ्गली नीलगाईको बाछो सोमबार समातिएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा आठमौजा चिया बगानको लहरामा अल्झिएपछि स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गौरीगन्ज र स्थानीयवासीको सहयोगमा बाछो समातिएको हो। इलाका वन कार्यालय बेलडाँगीलाई जानकारी गराएपछि वनको टोलीले नीलगाईको बाछा भनी प्रमाणित गरेको थियो।
सो नीलगाईको बाछोलाई जामुनखाडी सिमसारतर्फ लगिएको इलाका वन कार्यालयका सहायक वन अधिकृत पर्शुराम ठाकुरले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।