काठमाडौं : काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि...
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तमूहबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न देशविदेशमा रहेका गुरुङ समुदायलाई आग्रह गरेका छन्।
तमु समुदायको मुख्य पर्व तमुल्होसारका अवसरमा तमु ल्होसार मूल आयोजक समितिद्वारा आज आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले ल्होसार पर्वले समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न सहयोग पुग्ने बताएका छन्।
गुरुङ समुदायले भव्य रूपमा विगतका वर्षमा टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी भेटघाट गर्ने, रमाइलो गर्ने गरे पनि यस वर्ष कोरोना भाइरसका कारण त्यसरी मनाउन नपाइए पनि भिडियोमार्फत शुभकामना दिने र भेटघाट गर्ने अवसर मिलेकोमा आयोजकप्रति नेपाल सरकारका प्रवक्ता गुरुङले धन्यवाद दिए।
देशका विभिन्न भूभागमा रहेका गुरुङ समुदायले आज नयाँ वर्षको स्वागतसहित तमु ल्होसार पर्व विभिन्न कार्यक्रम गर्दै मनाइरहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।