धनकुटा : १६ औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले उचालेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टु...
अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा पुग्न सफल भएकी छन्। उनले १५ औं पटक चौंथो चरण यात्रा तय गर्न सफल भइन्। सेरेनाले तेस्रो चरणको भिडन्तमा युक्रेनका डायना यस्त्रेमस्कालाई ६–२, ६–१ ले पराजित गर्न सफल भएकी थिइन्।
त्यस्तै जापानकी नाओमी ओसाका चौंथो चरण प्रवेश गर्न सफल भइन्। उनले ताइवानकी सेह सू वेईलाई ५–७ ६–४ र ६–१ ले पराजित गरिन्। त्यस्तै युक्रेनकी एलिना स्वितोलिनाले पनि प्री–क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भइन्। उनले ३२ औं चरणको खेलमा चीनकी झाँङ शुआइलाई ४–६, ६–४ र ७–५ ले पाखा लगाइन्। स्वितोलिना विश्व वरियतामा ७ औं नम्बरमा रहेकी छन्। त्यस्तै झाँग ४२ औं नम्बरमा रहेकी छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।