दाङ : दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। घोराही उपमहानगरपालिका-१० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीर...
काठमाडौं : नेपाली सेनाको उपरथी दर्जामा बढुवा हुने पाँच जना सहायक रथीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। उपरथीमा बढुवा हुनेहरूमा बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सीताराम खड्का र ताराध्वज पाण्डे रहेका छन्।
बुधबार जंगी अड्डा भद्रकालीमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। माध २५ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई उपरथी दर्जामा बढुवा गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।