राजनीति

प्रधानमन्त्रीद्वारा कृषि प्रविधि र यान्त्रिकीकरणमा जोड

फागुन १२, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले    प्रविधी र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनुपर्ने बताएका छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आइतबार आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

     प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए छ। 'हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन। कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठूलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ' प्रधानमन्त्री ओलीले भने, 'जबरजस्त रुपमा कृषिमा काम गरेका मानिसलाई बिस्थापन गर्ने भनेको होइन तर बिकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्दछ।'

     प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने बताए। 'एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारको बाली लगाउनुपर्दछ जसले गर्दा निर्यात गर्न सजिलो हुन्छ' प्रधानमन्त्री ओलीले भने, 'हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्दछ। यसका लागि कृषि मन्त्रालयको नेतृत्वमा भूमी व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथ लिएर अघि बढ्नुपर्दछ।'

    नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले  बाली प्रणाली पनि त्यसैअनुसार सुधार गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। 'पहिला नेपालीहरुमा सागसब्जी कम्ती खाने बानी थियो। अहिले यसमा परिवर्तन आएको छ। त्यस कारण अहिलेको भन्दा चार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ' प्रधानमन्त्री ओलीले भने, 'बास्नादार र विदेशबाट आयात गरिएको चामल भन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]