काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पटक–पटक राजनीतिक धोका भएको भन्दै बदला लिने दाउ हेरिरह...
काठमाडौं : नेपाली कांग्रेसले महासमितिबाट बहुमतका आधारमा पारित भएको विधान र राजनीतिक प्रस्तावलाई केन्द्रीय समितिबाट पारित गरेको छ।
कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले एक महिना लामो रस्साकस्सीपछि विधान पारित गरेको हो।
बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको विरोधका बाबजुद विधान पारित गरेको हो। एक महिना अघि माघ १० गतेदेखी शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले महाधिवेशनमा सहभागी हुन तल्लो तहबाट निर्वाचित हुनुपर्ने वा स्वतः हुन पाउने भन्ने विवाद रहँदै आएको थियो।
केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि केन्द्रीय सदस्यले तल्लो तहमा निर्वाचित हुनु नपर्ने पुरानै व्यवस्थालाई यथावत राख्दै विधान पारित गरेको हो। महामन्त्री पूर्णबहादुर खड्काले विधान पेश गरेका थिए।
बैठकमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षले विरोध जनाएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।