स्वास्थ्य

किन निदाउँछन् हातखुट्टा?

फागुन २७, २०७५

    काठमाडौं : बेलाबेलामा हातखुट्टा निदाउँने वा झमझम गर्ने समस्या प्राय धेरैलाई हुनेगर्छ। एकैठाँउमा नचलिकन बस्दा वा खुट्टा खुम्च्याएर बस्दा प्राय खुट्टा निदाउने गरेको पाइन्छ।

    खुट्टा भारी भएजस्तो हुने,स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ। खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ। हाम्रो शरीरमा स्नायुकोषहरूले मष्तिस्कसम्म पुर्‍याउने काम गर्छ। शरीरका अन्य भागमा जस्तै खुट्टामा पनि कैयौँ स्नायुको कोषहरू हुने गर्छन्।

    खुट्टामा दवाव पर्न जाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ। जसले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउँदैन। यसले गर्दा खुट्टाका स्नायुहरू केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन्। यसले गर्दा खुट्टा झमझम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ। जब खुट्टामा दवाव हट्छ अथवा खुट्टा चलाइन्छ अथवा मालिस गरिन्छ रक्तसञ्चार पुनः नियमित भई खुट्टा निदाउने समस्या हटछ्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]