काठमाडौं : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५, कात्तिके देउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको सुमो बुधबार बिहान दुर्घटनामा परेको छ। ...
काठमाडौं : हावाहुरीले घरको पर्खाल भत्किएर र गाडी दुर्घटना भएर पर्सामा तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार आइतबार साँझ आएको हावाहुरीले दुई महिला र एक षुरुषको मृत्यु भएको छ। मृतकमा सवारी दुर्घटनामा परेर सरोज राम र घरको पर्खाल भत्किएर रुमी देवी र अन्दाजी १२ वर्षीया बालिका रहेको जिल्ला प्रहरी कार्यालय पर्साका हवल्दार डबल रावलले टेलिफोनमा जानकारी दिए।
हावाहुरीका कारण २५० भन्दा बढी घइते भएको रावलले जानकारी दिए। घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र स्थानीय स्वास्थ्यचौकी तथा नीजि क्लीनिकहरूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।