काठमाडौँ : चालू आर्थिक वर्षको ९ महिनामा कुल वस्तु आयात घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष ०८०/८१ को ९ महिन...
काठमाडौं : ओमनमा रहेको नेपाली दूतावालसले नेपालमा लगानी बढाउन 'नेपालमा लगानीको सम्भावना' विषयमा छलफल चलाएको छ। ओमानका लागि नेपालकी राजदूत शर्मीला पराजुली ढकालको सक्रियतामा ओमनको डब्लुमस्कट होटमा यस्तो छलफल कार्यक्रम चलाइएको हो।
छलफल कार्यक्रममा २९–३० मार्च ,२०१९ मा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेष्टमेन्ट समिट’ मा नेपालका प्रधानमन्त्रीलगायत अन्य देशका प्रमुख व्यक्तिहरूद्वारा सम्बोधित प्रमुख विषयहरूलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राजदूत ढकालले नेपाल सरकारका तर्फबाट सम्बृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्न लगानीकर्तालाई आकर्षित गर्ने काम गरेको बताएकी थिइन्।
कृषि, ऊर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायातलगायतका लगानीका क्षेत्रबारे उनले जानकारी गराइन्। उनले विश्वक भरका लगानीकर्ताको लागि नेपाल उचित गन्तव्य भएको बताइन्।
छलफलमा ओमानका उद्योग मन्त्रालयका सचिव अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका महामहिम डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका सिइओ अब्दुल अधैम अल बाहराइनीलगायतको उपस्थिति रहेको थियो।
विभिन्न देशका राजदूत, मिसन प्रमुख, विभिन्न एम्बेसिका आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेस्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण (आइटिएचआरएए)ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरूसहित करिब ५५ जनाको कार्यक्रममा सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।