राजनीति

विकासको गति सँगै लैजान गान्सुसँग भगिनी सम्बन्ध : मुख्यमन्त्री पौडेल

असार १९, २०७६

    हेटौंडाः प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका गति सँगसँगै लैजान चिनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको बताएका छन्। चीनको ५ दिने भ्रमणका क्रममा बिहीबार गान्सु प्रान्तमा भएको २५ औँ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्दै उनले चीन तथा गान्सु प्रान्तको अभूतपूर्व विकासबाट नेपाल प्रभावित भएको धारणा राखेका हुन्।

    योभन्दा अगाडि पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको भ्रमण गरेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले चीनसँग सदैब राम्रो सम्बन्ध हुने प्रष्ट पारे। मुख्यमन्त्री पौडेलले दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताउँदै चीनसँग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताए। 

    गान्सु प्रान्तमा आफ्नो पहिलो भ्रमण रहेको स्मरण गर्दै उनले परिवाहन सम्बन्धमा हस्ताक्षर गरेपछि सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। नेपालले अहिले सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई आत्मसाथ गराउन चीनमा भएको विकासको भूमिका हुने पनि उनको भनाई थियो।

    नेपालको ७ प्रदेशमा सबैभन्दा ३ नम्बर प्रदेश महत्वपूर्ण स्थानमा रहेको भन्दै २ तिहाई उद्योग पनि ३ नम्बर प्रदेशमा नै रहेको समेत उनले जानकारी दिएका हुन्। संयुक्त उद्योग सञ्चालनको लागि विदेशी लगानीलाई नेपालले प्रोत्साहित गर्ने उनले प्रतिबद्धता जनाए। नेपाल धेरै क्षेत्रहरूमा व्यापारको लागि खुला रहेको भन्दै उनले निर्धक्क भएर लगानी गर्न पनि आग्रहसमेत गरेका छन् ।

    मुख्यमन्त्री पौडेल र ज्याङ यान्युबीच भेट

    प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तको रुरल वर्क प्लान एण्ड डेभलपमेन्टका डाइरेक्टर ज्याङ यान्युबीच बिहिबार भेटवार्ता भएको छ। भेटका क्रममा नेपालको आधुनिक कृषि प्रणालीबाट कृषिक्षेत्रको विकासका वियमा छलफल भएको छ।

    कृषि प्रणाली परम्परागत भएको भन्दै नेपालको कृषि प्रणालीमा अत्याधुनिक प्रविधि भित्र्याउन मुख्यमन्त्री पौडेलले बताए। चक्लाबन्दी, टनेल खेति गरी उत्पादनसंगै कोल्ड स्टोर निर्माया गरी सम्पूण कृषिका प्रकृया एकै स्थानमा गर्ने कार्यमा सहकार्य गर्न तयार रहेको डारेक्टर यान्युले बताएका छन्।

    काभ्रे र मकवानपुरमा तरकारी, धादिङ र रसुवामा फुजी स्याउ उत्पादन हुने मुख्यमन्त्री पौडेलले जानकारी गराएका थिए। डारेक्टर यान्युले प्रदेशसँग समन्वय गरी लगानीसहित काम गर्ने बताएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]