सुर्खेत : कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा दुईदिने युवा वैज्ञानिक सम्मेलन समापन भएक...
काठमाडौँ : नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वुहस्पतिमा पठाएको अन्तरिक्षयान जुनो आज आफ्नो गन्तव्यमा पुग्ने भएको छ । सौर्य उर्जाबाट चल्ने उक्त अन्तरिक्ष यान जुनो करिब ५ वर्षको यात्रापछि वृहस्पतिमा पुग्न लागेको हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दिएको जानकारी अनुसार अन्तरिक्ष यान जुनो प्यासिफिक डेलाइट टाइम(पीडीटी)का अनुसार आज साँझ ९ बजे वृहस्पतिमा पुग्नेछ । गन्तव्यमा पुगेपछि जुनोले वृहस्पतिको कक्षको परिक्रमा सुरू गर्नेछ ।
अन्तरिक्ष यान जुनो वृहस्पतिको नजिकै पुग्न लाग्दा नासाले जुनो एक भिडियो सार्वजनिक गरेको छ । भिडियोमा जुनोको ३६० डिग्रीको भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा नासाले वृहस्पति, अन्तरिक्षयान र आफ्नो उदेश्यको विषयमा जानकारी दिँदै वृहस्पतिको तथ्यबारे जानकारी हासिल गर्न सकिने जनाएको छ । नासाका अनुसार जुनो वृहस्पतिको कक्षमा २० महिना रहने र सो अवधीमा वृहस्पतिको कक्षमा ३७ पटक परिक्रमा गर्नेछ ।
नासाका अनुसार जुनो वृहस्पतिको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान हो र यसले वृहस्पतिमा रहेको रहस्यलाई बाहिर ल्याउने छ, साथै यसको बनावट, बाहिरी सतह तथा म्याग्नेटिक फिल्डका बारेमा समेत जानकारी हासिल गर्न सकिनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।