|

इलाम : इलाम २ को उपनिर्वाचनको जारी मतगणनाअन्तर्गत नयाँ मतपरिणामअनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङले  ११ हजार ७८ मत पाएका छन्। उनको निकटतम प्रतिस्पर्धी  कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन्।

त्यस्तै, पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा रहेका छन्। चर्चामा रहेको रास्वपालाई भने मतगणना भएका ३ पालिकामा मतदाताले पत्याएनन्। रास्वपाका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले २ सय ६० मत पाएका छन्। करिब ६९ हजार मत खसेको यस स्थानमा २७ हजार ६१४ सदर मत गणना भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.