|

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई उनकै वडाका मतदाताले पत्याएनन्। उनले गृह वडा माङसेबुङ–२ मा ९६ मत मात्र पाएका छन्। उनको वडामा एमालेले सवैभन्दा बढी मत पाएको छ।

एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५८६, कांग्रेसले ३५१ र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१७ मत पाएका छन्। माङ्सेबुङ–२ मा २४४५ मत खसेको थियो।

नयाँ मतपरिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत ११ हजार ७८ मत पाएका छन्। उनको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन्। त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा रहेका छन्।

चर्चामा रहेको रास्वपालाई भने मतगणना भएका ३ पालिकामा मतदाताले पत्याएनन्। रास्वपाका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकिकृत समाजवादीका उम्मेदवार जित बहादुर राईले २ सय ५९ मत पाएका छन्। मंगोलका मनि बहादुर लिम्बुले २ सय ३० मत पाएका छन्। इलाममा राजावादी दल राप्रपालाई १ सय मत पुर्‍याउन हम्मेहम्मे देखिएको छ। राप्रपाका लक्ष्मी गुरुङले ५५ मत पाएका छन्। उनी भन्दा मंगोल नेशनल अर्गनाइजेसन, सिके राउतको पार्टी जनमत पार्टी र इलाममा संगठन नै नरहेको नेपाली जनता दलले बढी मत पाएको छ।

जनमतका प्रेमकुमार थाम्सुहाङ र जनता दलका रेशम बहादुर सुनारले ६२ मत पाएका छन्। गुरुङ इलाम नगरपालिका–६ का बासिन्दा हुन्। सुनार हेलम्बु गाउँपालिका–२ सिन्धुपाल्चोक र थाम्सुहाङ कमल गाउँपालिका–५ झापाका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.