काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले आजको संसद बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम नरोक्ने भएको छ। सहकारी अपचलनबारे अध्य...
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्ने भएका छन्। थपिएका मन्त्रीहरुलाई आजै शपथ खुवाइने बालुवाटार स्रोतले जनाएको छ।
आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा नयाँ मन्त्री बन्ने भएका छन्। उनीहरु सबै पूर्वमाओवादीका नेताहरु हुन्। यसका अलावा प्रधानमन्त्री ओलीले अन्य केहीलाई पनि आजै साँझ मन्त्रिमण्डलमा थप गर्ने भएका स्रोतले जनाएको छ।
त्यस्तै आजै साँझ बस्ने मन्त्रिपरिषद बैठकमा नवनियुक्त मन्त्रीहरुलाई पनि सहभागी गराइने बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।