समाज

ठेकेदारले बलजफ्ती गरेको कालोपत्रे दुई दिनमै उप्कियो

पुस ११, २०७७

    सर्लाही : बरहथवा नगरपालिका–२ हजरियाको सडकमा गरिएको कालोपत्र दुई दिन नबित्दै उप्किएको छ। 

    बरहथवा बजारबाट दुई किलोमिटर पश्चिममा रहेको पन्चायन मन्दिरदेखि इलाका प्रहरी कार्यालय हजरियासम्मको सडक कालोपत्रे भएको दुई दिनमै उप्किएको हो।

    वडा नं. २ का वडाध्यक्ष यज्ञबहादुर खड्काले आफूहरुले नगर्नभन्दा पनि ठेकेदारले जबरजस्ती गरेका कारण कालोपत्रे काम पूरा नहुँदै उप्किएको बताए। उनका अनुसार प्रहरी लगाएर पटक–पटक रोक्दासमेत ठेकेदारले बलजफ्ती कालोपत्रे गरेका थिए। 

    बरहथवास्थित एमएसके लाइट कन्स्ट्रक्सकनले​​ भ्याटसहित ६५ लाख रुपैयाँमा आर्थिक वर्ष २०६६/०७७ को असार मसान्तसम्म सम्पन्न गरिसक्ने गरी करिब एक किलोमिटर सडकको कालोपत्रे ठेक्का सकारेको थियो। 

    तर कोरोना कहरका कारण कालोपत्रे गर्न ढिलाइ भएको पनि थियो। सडक निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा ठेकेदारलाई २८ लाख रुपैयाँ भुक्तानी दिएको बरहथवा नगरपालिका योजना शाखाले जनाएको छ।

    नगरको योजना शाखाका प्रमुख एवं नगरपालिकाका सूचना अधिकारी कमलप्रसाद पौडेलले हजरियाको सडकमा गुणस्तरहीन कालोपत्रे भएको गुनासो आएको बताएका छन्। गुणस्तरहीन काम भएको र नगरपालिकासँग भएको सम्झौताअनुसार गुणस्तरीय काम नभएसम्म बाँकी भुक्तानी नगरिने सूचना अधिकारी पौडेलले बताए। 

    सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदार सुरेश कार्कीले भने कालोपत्रेको काम निर्माणकै चरणमा रहेको बताएका छन्। ‘काम पूरा भएकै छैन, हस्तान्तरण नहुन्जेल हामी बनाइहाल्छौँ,' उनले भने।

    बनाइरहेको सडकमा क्षमताभन्दा बढी लोडका टिपरलगायत अन्य सवारी गुड्ने गरेका र तापक्रम कम भएकाले कालोपत्रे उप्किएको उनले तर्क गरेका छन्। तर यता स्थानीयबासीले भने कर्मचारी, जनप्रतिनिधि र ठेकेदारले कमिसनका कारण कमसल सामग्रीको प्रयोग भएकाले यस्तो भएको बताएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]