काठमाडौं : भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपा...
बर्दिया : बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका– ५ शान्तिपुरकी ६६ वर्षीय नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो।
उनलाई सोमबार दिउसो शान्तिपुरको ९ नम्बर गाउँ नजिकै राष्ट्रिय वन क्षेत्र अन्तरगत नेपाल भारत सीमा नजिकै सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले जानकारी दिए।
डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगेको र मृतक महिलाको शव प्रहरीले फेला पारिसकेको जनाइएको छ। दिउसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।