समाज

पर्सामा छैटाैं पटक थपियो निषेधाज्ञा

जेठ १९, २०७८

    पर्सा : पाँचौं हप्तामा जारी निषेधाज्ञा जिल्लामा छैटाैं पटक १० दिनका लागि थप गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा बढाउने निर्णय हो।

    छैटाैं पटक थप भएको निषेधाज्ञा बिहीबार राति १२ बजेपछि चालु हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। कोभिड संक्रमणको नियन्त्रण तथा रोकथामका लागि भन्दै गएको वैशाख १६ गते एक हप्ताका लागि भनेर पर्साका निषेधाज्ञा सुरु गरिएको थियो।

    पाचौं पटक समय थप गरिएको बिहीबार राति १२ बजे सकिँदै थियो। त्यसको एक दिन अगाडि बुधबार पुनः छैटाैं पटक १० दिन थप्ने निर्णय गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए। उनी डिसिसिएमसीका सदस्य पनि हुन्। 

    कोभिडको उच्च श्रृंखला तोड्न ( चेन ब्रेक गर्न ) अझै केही समय थप गर्नु पर्ने आवश्यकता ठानी यस्तो निर्णय गरिएको उनको भनाइ छ। परिस्थिति हेरी त्यसपछि पनि पुनः के गर्ने भन्ने डिसिसिएमसीले निर्णय प्रहरी उपरीक्षक खड्काले बताए।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]