पाँचथर : फिदिममा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका-१ का २८ वर्षीय सुरेन्द्र योङ्याले ए...
धनगढी : कैलालीमा जारी निषेधाज्ञा लम्बिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी राख्ने सिफारिस गरेपछि प्रशासनले निर्णय गरेको हो।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म ५० प्रतिशत मात्र कर्मचारीको उपस्थितिमा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गरी सञ्चालन गर्न सकिनेछ। यस्तै, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खुला गर्न पाउने निर्णय भएको छ।
त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुने, त्यसैगरी अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णयसमेत भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।