टर्कीका अभियोजकहरूले मङ्गलवार २३ पूर्व र वर्तमान सेनाका कर्मचारीहरूलाई २०१६ मा एउटा कूको प्रयास गरेको आरोपमा पक्राउ वारेन्ट जारी गरेको छ।
ड्युटीमा रहेका सैनिकहरू, पूर्व सैन्य विद्यालयका विद्यार्थीहरू र एक प्रहरी अधिकारीसहित १९ संदिग्धहरूलाई ११ प्रान्तहरूबाट पक्राउ गरी हिरासतमा लिइएको छ। अन्य ४ जना पक्राउ पर्न बाँकी छ। पश्चिमी प्रान्त इज्मिरमा मुख्य अभियोजकको कार्यालयले टर्की सेनामा रहेका नेटवर्कका सदस्यहरू विरुद्ध सुरू गरेको अनुसन्धानपछि एकैसाथ कारबाही भएको हो।
बाँकी संदिग्धहरूको खोजि भइरहेको बताइएको छ। अमेरिकामा आधारित टर्की प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा रहेको सञ्जाललाई टर्कीमा आतंकवादी संगठनको रूपमा सूचीवद्ध गरेको थियो। राज्यको कर्मचारीतन्त्र र सेनामा घुसपैठ गरेको र त्यसपछि जुलाइ १५, २०१६ मा एउटा कूको प्रयास गरेको आरोप लगाइएको थियो। सरकारले कूको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारवाही सुरू गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।