काठमाडौं : सुरज पण्डित र लक्ष्मण देवकोटाकफ प्रस्तुतीमा नयाँ गीत ‘रातो किताब’ सार्वजनिक भएको छ। पण्डितकै स्वर, शब्द र संगीतमा उक्त ...
काठमाडौं : गायक प्रेम चन्दले आफ्नो पहिलो एल्बम ‘प्रेमकथा’ सार्वजनिक गरेका छन्। आधुनिक शैलीका सात वटा गीत समावेश गरिएको ‘प्रेमकथा’ एल्बम आफ्नो एक वर्षको मिहिनेत भएको प्रेम सेनले बताए।
एल्बममा हरि लम्साल, साजन शाह, विनोद खम्बु, कमल खत्री र टिका बोमजनले संगीत गरेका छन्। नरेश भट्टराई, साजन शाह, कमल खत्री, सूर्य दोङ र टिका बोमजनका शब्दलाई गायक सेनले स्वर दिएका छन्।
‘मदहोसी’ बोलको गीतमा गायिका दिव्य ज्यतीले सेनलाई साथ दिएकी छन् भने ‘जहिलेसम्म’ बोलको गीतमा गायिका अञ्जु पन्तले साथ दिएकी छन्।
गीतहरुमा हरि लम्साल, सुमन केसी, उदयराज पौडेल, बिजेश्वर वाङ लामा र फडिन्द्र राईले संगीत संयोजन गरेका छन्। एल्बम सार्वजनिक कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यलाई सम्मान गरिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।