|

काठमाडौं : दरबारमार्गस्थित 'कासा लाउञ्ज एण्ड बार' आफ्नो ग्राहक तथा शुभचिन्तकहरुलाई थप मनोरञ्जन प्रदान गर्न भोलि शनिबार सांगीतिक कार्यक्रम आयोजना गर्दै छ।

ग्राहकहरुलाई उत्कृष्ट सेवा र मनोरञ्जन प्रदान गर्दै आएको सबैले रुचाइएको लाउञ्जले पुराना चर्चित पप गायक गायिकाहरुलाई लिएर क्लासिक भाईब्स झल्किने गरी 'ब्याक टु नाइन्टिज' नामक भव्य र सभ्य कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा ९० दशकका चर्चित गायकहरु सञ्जय श्रेष्ठ, सञ्जीव प्रधान, ज्योति घिमिरे, जेम्स प्रधान, सुमन श्रेष्ठ, कविन्द्र श्रेष्ठ, रविन महर्जनलगायत सुरक्षा मल्लले आफ्नो चर्चित गीतहरूमार्फत भरपूर मनोरञ्जन दिन जुटिसकेका छन्।

कासा लाउञ्जले विगतमा चर्चित तर हाल गुमनाम रहेका गायक गायिकाहरुलाई पनि लिएर आउने दिनहरुमा थप कार्यक्रमहरू गर्दै लैजाने कासा लाउञ्जका प्रबन्ध निर्देशक राम प्यारा श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.