विज्ञान प्रविधि

अझै भएन एनटीसीको रिचार्ज, सिस्टम अपग्रेड गर्दा उल्टो समस्या

साउन २३, २०७३

    काठमाडौं : शनिबार बिहानदेखि अवरुद्ध रिचार्ज सेवा सुचारु भएको नेपाल टेलिकमले दावी गरे पनि मोबाइल प्रयोगकर्ताले रिचार्ज गर्न सकेका छैनन्। टेलिकमले सेवा सुचारु भएको दावी गरे पनि आइतबार साँझसम्म पनि समस्या जस्ताको तस्तै छ। तर नेपाल टेलिकमले भने रिचार्ज नुहुनलाई सामान्य लिएको छ।

    ‘तीन बजे देखि नै समस्या समधान भएको हो, रिचार्ज हुनु पर्ने। हिजोदेखिको ट्राफिकको कारण केही समय लाग्न सक्छ’,  टेलिकमका सहायक प्रवक्ता डिल्लीराम अधिकारीले भने।

    शनिबार नै किन समस्या?

    प्रभावकारी सेवा दिन नसकेको आरोप लाग्ने गरेको सरकारी स्वामित्वको नेपाल टेलिकममा प्रायः शनिबार नै सेवामा समस्या देखिने गर्छ। तर के कारणले समस्या पर्‍यो भन्ने विषयमा टेलिकमले न त ग्राहकलाई जानकारी गराउँछ न त समस्याको समधान नै गर्छ।

     टेलिकमका सहायक प्रवक्ता डिल्लीराम अधिकारीले शनिबार सिस्टम अपग्रेड र फेरबदल हुने हुँदा समस्या आएको दावी गर्छन्। 'शनिबार राती १२ बजे देखि नै हामी सिस्टम अपग्रेड र फेरबदल गर्न लाग्छौं, त्यसैले समस्या परेको हो’,अधिकारीले बताए।

    शनिबार दिनभर रिचार्ज नभएर ग्राहक समस्यामा परे पनि टेलिकमले के कारण समस्या आएको हो भन्ने बारेमा जानकारीसम्म दिएको थिएन।

    किन भएन समाधान?

    रिचार्ज सिस्टम अपग्रेड गर्दा समस्या आएको टेलिकमले बताए पनि अपग्रेड भने असफल भएको छ। सहप्रवक्ता अधिकारीले भने- ‘रिचार्ज सिस्टम अपग्रेड गर्न शनिबार रातीदेखि लाग्यौँ तर अपग्रेड गर्न सकिएन। थप अनुसन्धान गरेर फेरि सुधार गछौँ।’

    सिस्टम अपग्रेड नहुँदासम्म समस्या पर्न सक्ने अधिकारी बताए। ‘ग्राहलाई समस्या पर्दैन भनेर प्रतिबद्धता जनाउनै पर्‍यो तर समस्या नै आउँदैन भन्ने आधार छैन। समस्या पर्न सक्छन्’, अधिकारीले भने।

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]