प्रवास

एनआरएनए प्रवक्ता रञ्जु सम्मानित

साउन २४, २०७३

    सिड्नी : एनआरएन महिलाको हक अधिकारका लागि योगदान दिएबापत गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएनए) की प्रवक्ता रञ्जु वाग्ले सम्मानित भएकी छन्। तीजका अवसरमा सिड्नीमा आयोजित कार्यक्रममा नारी निकुन्ज अस्ट्रेलियाले उनलाई सम्मान गरेको हो।

    एनआरएनकी संरक्षक इन्द्रा वन र नारी निकुन्ज अस्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाले वाग्लेलाई अभिनन्दन गरेका हुन्।

    एनआरएनकी प्रथम महिला प्रवक्ता वाग्लेले एनआरएन राष्ट्रिय समन्वय समितिमा महिलाहरुको सञ्जालको आवश्यता औंल्याउदै आएकी थिइन्। उनकै पहलमा विश्वका विभिन्न देशमा एनआरएनका महिला सञ्जाल स्थापना भएका छन्।

    २००९ मा वाग्लेको नेतृत्वमा एनआरएन महिला मञ्च (नारी निकुन्ज अस् ष्टे«लिया)को स्थापना भएको थियो ।

    थापा २००९ देखि २०११ सम्म एनआरएनको अन्तराष्ट्रिय समन्वय समितिको महिला उपसंयोजक र २०११ देखि २०१३ सम्म महिला संयोजक थिइन। २०१३ देखि २०१५ सम्म एनआरएन अन्तरष्ट्रिय समन्वय समितिको सचिव उनी एनआरएनको प्रवक्ता तथा एनआरएनकै मिडिया तथा प्रकाशन समितिकी संयोजक छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]