|

गुल्मी : गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। 

गएाित दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन्। 

गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पोखरेलले बताए।  घाइते सुर्यवंशीको पाल्पामा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.