काठमाडौं : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५, कात्तिके देउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको सुमो बुधबार बिहान दुर्घटनामा परेको छ। ...
काठमाडौं : असोज सङ्क्रान्ति अर्थात् विश्वकर्मापूजा। प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले सोमबार विश्वकर्माको पूजा–आराधना गर्दैछन्। विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्।
यो दिन विश्वकर्मासँगै अाफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्।विश्वकर्मा खुशी भए उनको गुण अाफूमा प्राप्त हुने विश्वासमा कालिगढहरू उनको पूजा–अाराधना गर्छन्।
पाैराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ। द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।