काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
पर्वत : पर्वतको विहादी गाउँपालिका ५ उराममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर घाइते भएका छन्।
ध १ च ३१५ नम्बरको ट्याक्टर उरामको हाडिखर्क भन्ने स्थानमा दुर्घटना हुँदा ट्याक्टरका मालिक उरामकै पदम बहादुर नेपालीको मृत्यु भएको वडा अध्यक्ष श्याम केसीले जानकारी दिए। यस्तै ट्याक्टरका सहचालक बिक्कु के.सी. गम्भीर घाईते भएका छन्। उनलाई उपचारको लागि स्याङजाको वालिङ हस्पिटलमा लगिएको छ। ट्याक्टर गुड्दै गरेको बेलामा छेउको माटो भासिएर दुर्घटना भएको पनि वडाध्यक्ष केसीले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।